कपिलवस्तुको सुरही नदीमा पौडी खेल्ने क्रममा डुबेर ३ युवाको मृत्यु भएको छ।
जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लानगर नजिकै रहेको सुरही खोलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिकाको वडा नम्बर ६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो।
स्थानीयका अनुसार गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको डुबेर मृत्यु भएको हो।
दिउँसोको समयमा गर्मी छल्न गएका युवाहरू पौडी खेल्न नजानेको कारण नदीमा डुबेको प्रत्यक्षदर्शी बताउँछन्।
तीनै युवा २२ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ।