अज्ञात समूहले सोलुखुम्बुको भदौरेमा एक्साभेटरमा आगजनी गरेको छ।
सोलु दुधकुण्ड नगरपालिका ११ पिङ्लास्थित भदौरेमा गए राति एक्साभेटरमा आगजनी भए पनि घटनाको कसैले जिम्मेवारी लिएको छैन।
उक्त एक्साभेटर सोलुखोला दुधकोसी जलविद्युत कम्पनीले प्रयोग गर्दै आएको थियो।
घटनास्थलमा प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए। ‘एक्साभेटरमा सामान्य आगजनी भएको खबर छ,’ उनले भने, ‘प्रहरी घटनास्थल पुगिसक्यो।’
घटनास्थल नजिकै प्रेसर कुकर बम पनि फेला परेको जानकारी आएको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए।