स्कुटरको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डमा रा २ प १०६७ नम्बरको स्कुटरको ठक्करबाट घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।
मृतकको सनाखत हुन सकेको छैन। अन्दाजी ७० वर्षका ती व्यक्ति मधेसी मूलको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार मृतकको शरीरमा खैरो सेतो रंगको ज्याकेट,कपाल दारी जुङ्गा फुलेको, बायाँ खुट्टामा रड हालेको र उचाइ ५ फिटको रहेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना निवासी २२ वर्षीय समिर चौधरीले चलाएको स्कुटरले ठक्कर दिएपछि गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।