दाङका विभिन्न स्थानमा भएका आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन्।
शनिबार दिउँसो भएको आगलागीबाट घोराही उपमहानगरपालिका वडा नं. १ चित्रटाँरी निवासी बासुदेव घर्तीको एक तले ७ वटा कोठायुक्त जस्तापाताले छाएको एउटा घर र एक तले दुई कोठेयुक्त फुसले छाएको गोठ जलेर नष्ट भएको छ।
आगलागीबाट घर्तीको साढे १४ लाख जतिको क्षति भएको छ।
त्यस्तै, शनिबार नै पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा भएको आगलागीबाट सावित्रा नेपालीको फुसको छानोयुक्त गोठ जलेर नष्ट भएको छ। त्यही गोठभित्र रहेका ३ वटा बाख्रा पनि जलेर मरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दुवै घटनामा आगो लाग्नुको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ।