तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्।
शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको बस दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर घाइते भएका छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको छ। त्यस्तै अन्य घाइतेहरुमा सोही ठाउँका पुर्णकली राना, अनिता राना, खुमा वल, संजय नेपाली, मन्तरी सोमैर, भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका वली र आयुशा दर्लामी रहेको चिराघाट प्रहरी चौकीले जानाकरी दिएको छ ।
घाइते सबैलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । तुलसीपुरबाट खिलतपुर तर्फ जादै गरेको लु १ ज ११९१ नम्बर यात्रुबहाक जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले बताएको छ । जीपमा कुल १५ यात्रु सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
चालकलाई प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।