भारतीय वायु सेनाको एएन ३२ जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
विगत ८ दिनदेखि हराइरहेको जहाज अरुणाञ्चल प्रदेशको लिपोबाट १६ किमिको दूरीमा करिब १२ हजार फिटको उचाइबाट भारतीय वायु सेवा एमआइ १७ ले मंगलबार क्षतिग्रस्त अवस्थामा देखेको ट्वीटरमार्फत् भारतीय वायु सेवाले जनाएको छ।
पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज गत सोमबार दिउँसो १ बजेदेखि हराइरहेको थियो। वायु सेवाले विमानका चालक र यात्रुको बारेमा भने केही उल्लेख गरेको छैन।
उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो।
टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भएको थियो। मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ।