महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगामा चेक जाँचको क्रममा बुटवलबाट काठमाण्डौंतर्फ आउँदै गरेको लु २ ख ७५५ नम्बरको यात्रुवाहक बसबाट डाईजेपाम २४०, फेनारगन २४० र नुफिन २४० एम्पलसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले जानकारी दिए।
थानकोट प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला बुटवल ७ का २३ वर्षीय गोविन्द आचार्य रहेका छन्। आर्चायले झोलाभित्र लुकाइछिपाइ लागुऔषध ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
आर्चायलाई लागुऔषध ऐन अन्तर्गत म्याद थप गरी मुद्दा चलाइने थानकोट प्रहरीले जनाएको छ।