अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई घुस लिइरहेका बेला रंगेहात पक्राउ गरेको छ।
नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका बेला अख्तियारको बुटवल क्षेत्रीय कार्यालयबाट गएको टोलीले अधिकारीलाई विद्युत प्राधिकरणको भैरहवा कार्यालय परिसरबाट पक्राउ गरेको हो।
अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।