डकैती घटनामा फरार एक व्यक्तिलाई नियन्त्रणमा लिन काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ।
प्रहरीले गोली हानेर ‘काले’ भनिने विष्णु तामाङलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो।
महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि जाइलागेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको एसएसपी सहकुल थापाले बताए।
पूर्वएआइजी जयबहादुर चन्द, विश्वराज शाहीको घरको डकैती गरेर समातिएका उनी जेलबाट जुटेपछि सात स्थानमा डकैती गर्न भ्याएका थिए। त्यसपछि फरार उनलाई प्रहरीले समाउन सकिरहेको थिएन। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।