नापी कार्यालय परासीका नापी सर्वेक्षक छत्रबहादुर ठकुल्लालाई अख्तियार अनुसन्धान आयोग बुटवलले घूससहित नियन्त्रणमा लिएको छ।
जग्गाको क्षेत्रफल मिलाउन नापी कार्यालय परासी पुगेका सेवाग्राहीबाट जग्गाको क्षेत्रफल मिलाइदिने भन्दै ठकुल्लाले घूस रकम लिएको र रंगेहात पक्राउ गरिएको कार्यालयले जनाएको छ।
सेवाग्राहीसँग रकम बुझ्दै गरेको सूचना पाएपछि बुटवलबाट खटिएको अख्तियार अनुसन्धान आयोग बुटवलको टोलीले ठकुल्लाको साथबाट घूस वापतको २० हजार रुपैयाँ समेत बरामद गरेको जनाएको छ।
आइतबार दिउँसो १ बजे घूस रकमसहित पक्राउ परेका सर्वेक्षक ठकुल्लाई मुद्दा दायर गरी कानुनी प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ।