रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एक जना पक्राउ परेका छन्।
चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकमा उक्त अवैध ७ किलो सुन फेला पारेको प्रहरीले जनाएको छ।
सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।
रसुवागढी नाका हुँदै ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको ७ केजी सुन विशेष सुराकीको आधारमा बरामद गरिएको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरेको बताइएको छ ।