शुक्रबार अपरान्ह आएको हावाहुरीले ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रूख ढलेको छ।
रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काउनुका साथै बिजुलीका पोलसमेत लडाएको छ। रूखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
रूख ढलेर बा ५८ प ३००० नम्बरको स्कुटी क्षति भएको छ। रूख ढलेर बाटो अवरूद्ध भएसँगै झम्सिखेलको भित्री सडक अवरूद्ध भएको छ। यो सँगै विद्युत आपुर्ति बन्द भएको छ।