पोखराको ताण्डव साप्ताहिक र ताण्डप न्युज डटकमका सम्पादक अर्जुन गिरीको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालय घेराउ गर्नेदेखि गृह र सञ्चार मन्त्रालयमा विरोध पत्र बुझाउनेसम्मका कार्यक्रम सार्वजनिक गरेका हुन्।
आज सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी गर्न माग गर्दै विरोध गर्ने महासंघले जनाएको छ।
बिहिबार देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमा महासंघको शाखाबाट ९:३० देखि १०:३० सम्म एक घण्टा पत्रकारहरूले धर्ना दिने र बुधबार बस्ने केन्द्रीय समिति बैठकले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव विष्टले जनाएका छन्।
पोखराका विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको छ भने काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपेको छ।