भूकम्प स्मृति दिवस मनाउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
२०७२ वैशाख १२ गते बारपाक केन्द्र रहेर ‘गोरखा भूकम्प’ गएको दिनको स्मृतिमा वैशाख १२ गते बिहीबार बिदा दिने गाउँपालिकाले निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष विष्णु भट्टका अनुसार गएको शनिबार बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाभित्रका सरकारी कार्यालय र विद्यालयमा बिदा दिइएको हो। बारपाक केन्द्र रहेर भूकम्प गएको तीन वर्ष हुँदा पनि निजी आवास पनि पुनर्निर्माण भइसकेको छैन।