सेतोपाटी संवाददाता गिरीश गिरी यतिबेला बारामा छन्। बारा र पर्सामा हावाहुरीले मच्चाएको वितण्डाले अहिलेसम्म २७ जनाको ज्यान लिइसकेको छ। हावाहुरीका कारण तीन सय पचासभन्दा धेरै घाइते छन्।
उनीहरूको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय, नेशनल मेडिकल कलेज लगायत अस्पतालमा उपचार भैरहेको छ।
घटनास्थल बारा र अस्पतालहरू पुगेपछि गिरीले आफूले देखेको अवस्थाको बयान यसरी गरेका छन्।