बारा पर्सामा आइतबार राती आएको हावाहुरीबाट घाइते भएकाहरूका लागि रगतको कुनै अभाव नरहेको पर्सा रेडक्रस कार्यालयले जनाएको छ।
कार्यलयका इन्चार्च सौरभराज पाणडेले सेतोपाटीसँग भने, ‘सुरूमा हामी पनि अत्तालिएका थियौं तर रगतको त्यस्तो माग भएन।’
सबै विरामीलाई आवश्यक रगत उपलब्ध गराइएको छ र अहिले रगतको अभाव नरहेको उनले जानकारी दिए।
‘अहिले रगतको माग आएको छैन, कुनै अभाब पनि छैन’, उनले भने।