धनुषामा घुससहित दुई जना कर्मचारी पक्राउ परेका छन् । राईजो वियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत दुई कर्मचारी ४० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वरिष्ठ पशु विकास अधिकृत डा.राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी रहेका छन् ।
एक जना सेवाग्राहीबाट ४० हजार रुपैया घुस लिएपछि दुवै कर्मचारीलाई जनकपुरधाम उपमहानगरपालिका ४ विषहरा चोकबाट नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।
काम सम्पन्न भएको र भुक्तानी लिन जाँदा विभिन्न बहाना बनाएर सेवाग्राहीबाट कर्मचारीद्धयले घुस मागेका थिए ।