कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनपरिषद् तमुवान संयोजकलाई मंगलबार पक्राउ गरेको छ।
नेकपाका जनपरिषद् तमुवान संयोजक किसानसिंह गुरुङलाई पोखराको लेखनाथबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो।
नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए।
त्यसैगरी, तनहुँ प्रहरीले विप्लवका ३ जना कार्यकर्ता पक्राउ गरेको छ। केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भइ तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। सुनार र कुमाल आफ्नै घर र बुढा बन्दीपुरको याम्पाफाँटबाट पक्राउ गरेको हो।