नेत्रविक्रम चन्द विप्लव माओवादीका म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार मालिका गाउँपालिका–३ का पुनलाई पक्राउ गरेको हो।
उनीसँगै मालिका गाउँपालिका–६ दरवाङका रमेश पुन र थमबहादुर पुन पनि पक्राउ परेको म्याग्दी प्रहरीका सूचना अधिकृत ध्रुव शर्माले बताए।
पुनद्वय जिल्ला शिक्षक संगठनका सदस्य हुन्।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको शर्माले बताए।
‘अनुसन्धान भइरहेको छ, के मुद्दा अगाडि बढाउने विषयमा सरकारी वकिलसँग राय लिने काम भइरहेको छ,’ शर्माले भने।
यसैबीच, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन लमजुङका अध्यक्ष सुनील कुमाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। तनहुँका जिल्ला सदस्य अमर बुढालाई पनि घरबाटै प्रहरीले पक्राउ गरेको छ।