प्रहरीले सप्तरीबाट तीन जना विप्लव माओवादीका जिल्लास्तरीय नेता पक्राउ गरेको छ।
विप्लव समूहको खोजी गर्ने क्रममा सोमबार प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नेता पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ६ का नुनुराम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव छन्।
तीनै जना विप्लव माओवादीको जिल्ला कमिटी सदस्य हुन्। उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।