प्रहरीले नेत्रविक्रम चन्द विप्लव माओवादीका अर्का नेतालाई पक्राउ गरेको छ।
स्रोतका अनुसार कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठलाई पक्राउ गरिएको हो।
सुनसरी–मोरङ क्षेत्रबाट पक्राउ गरिएको भए पनि यसबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।
श्रेष्ठसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले कोही पनि पक्राउ परेको जानकारी नभएको बताए।
श्रेष्ठ सशस्त्र द्वन्द्व क्रममा माओवादीको ब्युरो सदस्य थिए। सरकारले प्रतिबन्ध लगाएको घोषणासँगै विप्लव माओवादीमाथि प्रहरीले कारबाही तीव्र पारेको छ।
शनिबारमात्र नेता हेमन्तप्रकाश ओलीसहित नौ जनालाई काभ्रेबाट पक्राउ गरिएको थियो।