महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख नायब उपरीक्षक कुमार विक्रम थापाले महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको बताए।
प्रहरी नायब उपरीक्षक थापाले उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याबलेट बरामद गरिएको छ।