दाङमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी दंगिशरण गाउँपालिका वडा नं. ६ थापागाउँ निवासी १८ वर्षीय गोरख चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चौधरीलाई राप्ती प्रादेशिक अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटना शनिबार बिहान पौने ७ बजेतिर भएको थियो।
स्थानीय कमल वलीका अनुसार चौधरीलाई ठक्कर दिएलगत्तै पिकअपका चालकले गाडी भगाउँदै कुमलगडीसम्म पुर्याएका थिए। तर त्यही क्रममा गाडी त्यहाँ फसेपछि चालक गाडी छोडेर भागेको हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरीले गाडी निकालेर ल्याउने प्रयास गरिरहेको छ ।