दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतबाट लडेर एक जना बालक गम्भीर घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अमृतटोल निवासी १२ वर्षीय विप्लव केसी गम्भीर घाइते भएका छन्।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा घर भई हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएका बालक होली खेल्ने क्रममा बिहिबार बिहान पौने नौ बजेतिर घरको छतबाट लडेर घाइते भएको जानकारी दिए।
घाइते बालकको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।