बैतडी र दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ।
सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महशुस गरिएको हो। बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
दुवै परकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए। गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ।
सोमबार बिहान पनि काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको थियो। बिहान ९ बजेर १ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो।