दाङमा भएको बस दुर्घटनामा परि एक जनाो मृत्यु भएको छ। मृत्यु हुनेमा बसका सहचालक रोल्पालका २२ वर्षिय हर्कबहादुर पुन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्।
रोल्पाबाट दाङ तर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको यात्रुबहाक बस घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रेकुने दहभन्दा एक किलोमिटर माथि दुर्घटना भएको हो।
जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले बसमा कुल ३५ यात्रु रहेकोमा २४ आत्रु सामान्य रहेको तथा दुई जनाको अवस्था भने गम्भीर रहेकाले नेपालगन्जस्थि कोहलपुर मेडिकल कलेज रेफर गरिएको जानकारी दिए।
साढे ३ बजेतिर भएको दुर्घटनामा परि घाइते भएकाको उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको लागि ल्याइएको एसपी पाण्डेले जानकारी दिए।