पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह निको भएर अस्पातालबाट डिस्चार्ज भएकी छन्।
सिजनल रुघाखोकी, ज्वरो र शारीरिक रूपमा कमजोर भएकी रत्नलाई गत फागुन २१ गते उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
९१ वर्षकी रत्न एक सातायता बिरामी थिइन्। नारायणहिटी दरबारभित्रैको महेन्द्र मन्जिलमा एक्लै बसिरहेकी रत्नलाई सहयोगीहरूले नर्भिकमा लगेका थिए।
२०६५ साल जेठ १५ गते नेपाल गणतन्त्र राज्य घोषित भएपछि पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेका थिए। रत्नले आफ्नो लागि आवास खोजेपछि सरकारले उनलाई महेन्द्र मन्जिलमा बस्न दिएको थियो।
मुलुकमा गणतन्त्र आएपछि रत्न कसैसँग नभेटीकन सहयोगीका साथमा महेन्द्र मन्जिलमा एक्लै बस्दै आएकी छिन्। महेन्द्र मन्जिल स्व. राजा महेन्द्रको निवास हो भने रत्न उनकी कान्छी पत्नी हुन्।