सव डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ।
अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिने भनी ३० हजार घूस लिएको आरोपमा शाह र जोशीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
घूसबापतको रकम लिइसकेको अवस्थामा वन कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
सेवाग्राहीसँग घूस मागिरहेको सूचना आएपछि आयोगको कञ्चनपुरस्थित कार्यालयबाट टोली खटिएको थियो। पक्राउ परेका दुबैमाथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।