जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका वडा नं. १ निवासी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी २१ वर्षीय सन्तोष घर्ती मगरलाई पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत फागुन १७ गतेका दिन घर्ती मगरले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए।
पीडित बालिकाको दाजुले प्रहरीमा दिएको जाहेरीका आधारमा फागुन २४ गते घर्ती मगरलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।