तनहुँको व्यास नगरपालिका ४ बुल्दीपुलस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार र बुर्तिबाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख २८४४ नम्बरको बस ठक्कर खाँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपलिका २० का ५६ वर्षीय लिल बहादुर सुनार र पोखराकै ३४ वर्षीय सुनील गुरुङ रहेका छन्। घाइते तनहुँको व्यास नगरपालिका २ बस्ने वर्षीय २८ को सुन्दर गुरुङको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।