नेपाली सेनाले फागुन १५ यता हतियारहरु प्रदर्शनमा राखेको छ। काठमाडौंको भद्रकालीमा नेपाली सेनाले आयोजना गरेको बृहत प्रदर्शनी शनिबार सकिदैँछ।
नेपालले अंग्रेज युद्धमा लुटेका हतियार र खम्पा विद्रोहीसँग लुटेका अमेरिकी हतियार समेत प्रदर्शनीमा छन्। वृहत् प्रदर्शनीमा सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरिएको छ।
सेनाले प्रयोग गर्ने खुडाँ खुकुरी प्रदर्शनीमा छन्।
१७ किलोमिरटर सम्म मार हान्न सक्ने मेसिन गन समेत राखिएको छ। जुन सेनाको सबैभन्दा शक्तीशाली हतियार हो।
बिभिन्न देशले उपहार दिएका हतियार पनि प्रदर्शनीमा छन्। सैन्य सामाग्रीमा चासो राख्नेहरु र सर्वसाधरणहरुको प्रदर्शनीमा बाक्लो उपस्थिती छ। बम निष्क्रिय पार्ने सामाग्री समेत सेनाले प्रदर्शनमा राखेको छ।