चितवनको इच्छाकामना गाउँपालिकाकी चिनीमाया प्रजा (चेपाङ) ले ७५ वर्षको उमेरमा नागरिकता पाएकी छन्।
नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जान नसकेकी प्रजालाई गाउँमै पुगेर नागरिकता दिइएको हो।
जिप्रकाले इच्छाकामना गाउँपालिकाको समन्वयमा गाउँमै घुम्ती शिविर गरेको थियो। सो शिविरमा प्रजालाई नागरिकता बनाएकी हुन्।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रजालाई नागरिकता हस्तान्तरण गरेका हुन्। नागरिकता बनेपछि खुसी भएकी प्रजाले अब बृद्धभत्ता लिन पाइने बताइन्।