कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घूससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईंलाई नगद ६० हजार घूससहित पक्राउ गरेको हो।
कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले कार्यालयमै उनले सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको बताए।
उनका अनुसार एउटा निर्माण सम्पन्न भइसकेको कल्भर्टको बिल फरकफरक गरिदिए बापत रकम माग गरेको सूचनापश्चात आइतबार दिउँसो नगरपालिकाको कार्यालयमै अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।