बालिका अपहरणको अभियोगमा प्रहरीले सोमवार एक युवालाई घोराहीबाट पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका वडा नं. ९ ढिकपुर निवासी २८ बर्षीया प्रयास चौधरी ३ बर्षीया बालिका अपहरण गरेको अभियोगमा प्रकाउ परेका छन्।
दाङ जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी रामप्रशाद घर्तीका अनुसार चौधरीले सोमवार दिउँसो २ बजेको समयमा कालिकोट जिल्लाको साविक राँचुली गाविस वडा नं. ४ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ कपासी बगियामा डेरा गरि बस्दै आएकी २२ बर्षीया अस्मिता शाहीको ३ बर्षीया छोरी अपहरण गरेको भए पनि बालिकालाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको जानकारी दिए।
जिल्लास्थित सम्पूर्ण नाकाहरू ब्लक गरि खोजतला गर्दा घोराही १५ रतनपुर चोकवाट बालिकालाई चौधरीबाट सकुशल उद्धार गर्न प्रहरी सफल भएको जानकारी दिइएको छ।
पक्राउ परेका चौधरी विरुद्ध अपहरण तथा शरिर बन्धक सम्वन्धी मुद्दा दर्ता गरि आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । चौधरीले बालिकालाई किन अपहरण गर्न खोजेको हुन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।