अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई भ्रष्टाचार मुद्दा चलाएको छ।
माघ १ गते अख्तियारले घूस रकमसहित पन्थी र उनकी छोरी पोषणलाई घूस रकमसहित पक्राउ गरेको थियो।
मुद्दा भने गीतालाई मात्र लगाएको छ।
आइतबार उनीविरूद्ध एक लाख जरिवाना र चारदेखि ६ महिनासम्म कैद सजाय माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेहो हो।
पन्थीले सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ छोरीलाई राख्न दिएको अवस्थामा अख्तियारको टोलीले दुबैलाई पक्राउ गरेको थियो।
गीताकी छोरी पोषणलाई भने भोलिपल्टै थुनामुक्त गरेको थियो। एउटा स्कुलको बाँकी कर तिर्न गएका सेवाग्राहीसँग पन्थीले एक लाख घूस मागेकी थिइन्। उनले घूस मागेको भन्ने सूचना पाएपछि अख्तियारले टोली खटाएको थियो।