काठमाडौं उपत्यकाको वरिपरि डाँडाहरूमा हिउँ परेको छ।
शनिबार बिहान चन्द्रागिरी, शिवपुरी, नगरकोट, फूल्चोकी,लाकुरीभञ्ज्याङलगायत डाँडा हिउँले सेताम्मे भएका छन्।
बिहिबारदेखि काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ भने पहाडी र तराई क्षेत्रमा झरी परेको छ।
हिमपातपछि चिसो बढेको छ। शुक्रबार राति चट्यांङ पनि परेको थियो। शनिबार मध्यान्हदेखि घाम लागे पनि उपत्यकाको चिसो हावाका कारण चिसो घटेको छैन।
तस्बिर : निशा भण्डारी