काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा गएरातिदेखि पानी परिरहेको छ। काठमाडौंमा बुधबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार ५.५ मिलिलिटर वर्षा भएको छ।
पश्चिमी वायुको प्रभावले पूर्वका थोरै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद्का अनुसार बुधबार काठमाडौंसहित मुलुकभर धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ। बिहीबारबाट मात्र देशभरी मौसममा सुधार आउनेछ।
मौसमविद्का अनुसार शुक्रबारदेखि फेरि अर्को प्रणाली आउन लागेकाले देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्नेसक्नेछ।
पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ। पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ।