कैलालीमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान प्रहरीचौकी कालाकुण्डा टीकापुरको टोलीले सामानसहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक कुलबहादुर साउदका अनुसार करिब साढे चार लाखका कपडा र हार्डवेयरका सामान डनलपमा ल्याउँदै गरेका बेला पक्राउ गरिएको हो।
सामानसँगै पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ का चक्र ठकुल्ला, २६ वर्षका दीपेन्द्र साउद, ३९ वर्षका राजकुमार चौधरी र ४० वर्षका राजकुमार चौधरी रहेका छन्। खक्रौला भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले सामान लिलाम गरिने र पक्राउ परेका व्यक्तिको बयान लिई कारबाही अगाडि बढाइने बताए।