दाङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
शनिबार बेलुका ६ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
गोप्य सूचनाको आधारमा घरमा अवैध रूपमा राखिएको २ नाल भरुवा बन्दुकसहित विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
विकको घरबाट जंगली बँदेलको जस्तो देखिने २ वटा खुट्टाको सपेटा समेत फेला परेको जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
पक्राउ परेका विकविरूद्ध मुलुकी अपराध संहिता ऐन अनुसार हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही थालिएको प्रहरीले बताएको छ।