दाङको बंगलाचुलीमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
शनिबार दिउँसो २ बजेतिर बंगलाचुली गाउँपालिका वडा नं. ७ श्रीखर्क निवासी देवराज पुन र उनको छोरा गोपाल पुनको घर कोठमा आगलागी हुँदा झन्डै १५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले दिएको जानकारी अनुसार देवराज पुनको घरमा आगलागी हुँदा लत्ताकपडा, सुन र अन्तपात समेत गरी ६ लाख ८० हजार बराबरको क्षति भएको र उनका छोरा गोपाल पुनको घर गोठमा आगलागी हुँदा नगद २ लाख ५० हजार, सुन अन्तपात समेत गरी ७ लाख ९३ हजार बराबरको क्षति भएको छ।
आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।