तुलसीपुरबाट फेरि चार जना जुवाडे पक्राउ परेका छन्।
शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ५ ‘ग’ लाइनमा रहेको न्यू हरियाली रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले उनीहरूको साथबाट नगद ८८ हजार २ सय ६० र एक गड्डी तास बरामद गरिएको जानकारी दिएका छन्।
पक्राउ परेकाविरूद्ध मुलुकी अपराध संहिता ऐन अन्तरगत मुद्दा दर्ता भई आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
यही हप्तामात्रै तुलसीपुर बसपार्कस्थित एक होटलमा झन्डै एक दर्जन जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट झन्डै एक लाख रुपैयाँ बरामद भएको थियो।