रोल्पामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको छ।
मृतक रोल्पा नगरपालिका वडा नं. ६ निवासी १४ वर्षीय वीरेन्द्र विक रहेको प्रहरीले जानकारी दिएको छ।
विक रोल्पा नगरपालिका वडा नं. ७ मा शनिबार बिहान नहरमा मृत फेला परेका थिए। विक वडा नं. ७ को माडीचौरमा लागेको मेला हेर्न भन्दै पुस ३ गते घरबाट साथीहरूसँग गएका थिए।
शव नहरमा फेला परेपछि स्थानीयले खबर गरेका थिए। विककी आमाले अस्पतालमा पुगेर मृतक आफ्नो छोरा भएको बताएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दीपक खड्काले जानकारी दिए ।