बर्दियाको राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।
क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना आधारमा आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिइ गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएकाले उनलाई बिगो रू.२,५०,०००।–(दुई लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।