महोत्तरीको सम्सी गाउँपालिका-२ को पर्सा देवाडमा टिपरको ठक्करबाट ८ वर्षिय बालकको मृत्यु भएको छ।
आइतबार बिहान करिब साढे आठ बजे सडक पार गर्न लागि रहेको अवस्थामा ढुङ्गा बोकेर सम्सीतर्फ आइरहेको ना ७ ख ६४२७ नम्बरको टिपरले शेख सदाबलाई ठक्कर दिएको थियो। टक्करबाट उनको घटनास्थलमा नै निधन भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरिक्षक खगेन्द्र बहादुर खड्का अनुसार घटनापछि स्थानियहरूले चालकलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरूद्ध पारेका छन्।