गोरखाको लिगलिगकोटमा राष्ट्रिय झण्डा राखिएको छ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीको अबसरमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कडेँलले शुक्रबार राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका हुन्।
पालुङटार नगरपालिका २ लिगलिगमा ६० फिट अग्लो झण्डा राखिएको हो। द्रव्यशाह दौडेर लिगलिगकोटको राजा भएका थिए। द्रव्य शाहकै पालाको कोट रहेकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि पुग्ने गर्छन्।