प्रहरीले काठमाडौंबाट ७७ जना पाकेटमारा पक्राउ गरेको छ।
काठमाडौंको सवारी साधनहरू सर्च गर्ने क्रममा ७७ जना पाकेटमारा पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
सादा पोशाकमा खटिएका प्रहरीहरूले विभिन्न सवारी साधनमा सर्च गर्ने क्रममा ७७ जना पाकेटमारालाई पक्राउ गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए।
उनीहरूलाई चोरी अन्तरगत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
उनीहरूको साथबाट बरामद गरिएको ५ लाख ९६ हजार नगद सम्बन्धित पीडितहरूलाई बुझाइएको पनि परिसर प्रमुख लामाले बताए।
पाकेटमाराहरूको साथबाट ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले गत मंसिर १५ गतेबाट विभिन्न सवारी साधनमा हुने गरेको पाकेटमारालाई पक्राउ गर्न विशेष अभियाननै सुरू गरेको छ।