ललितपुर बालकुमारीमा मंगलबार राति दुई जना लुटेराले ट्याक्सी चालकलाई छुरा प्रहार गरी लुटपाट गरेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बा१ज ६१५७ नम्बरको ट्याक्सी चालक डम्बर खड्कालाई छुरा हानी उनको साथमा रहेको ५ हजार रुपैयाँ र मोबाइल लुटेर लगेका हुन्।
बिरामी बनेर दमकल नजिकबाट शंखमुल जाने भन्दै ट्याक्सी चढेका दुई लुटेराले बालकुमारी पुलको करिडोर पुगेपछि छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट ४२ वर्षीय चालक खड्काको आँखा फुटेको छ। टाउकोमा चोट लागेको छ। उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
लुटेराहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए।