दाङका सवारी चालकहरूकै बीचमै कुटाकुट भएको छ।
सोमबार दिउँसो २ बजेतिर बसका चालक तथा स्टापहरूको कुटपिटबाट ट्रकका चालक सल्यान खलंगा निवासी ३५ वर्षीय मोहन गिरी घाइते भएका प्रहरीले जानकारी दिएको छ।
ट्रक र बस एकै ठाउँमा भेटिँदा साँघुरो बाटोमा कसले गाडी पछाडि सार्ने भन्ने विषयमा विवाद हुँदा कुटाकुटसम्मको स्थिति सिर्जना भएको दाङका प्रहरी प्रमुख एवं एसपी वेलबहादुर पाण्डेले जानकारी दिए।
गिरी ना ६ ख २७३७ नम्बरको ट्रकका चालक हुन्।
घाइते गिरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। गिरीलाई ना ४ ख ४३५८ नं.को बसका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी ३६ वर्षीय रुमबहादुर घर्ती, सोही ठाउँ निवासी बसका सहचालक महेश घर्ती र सोही ठाउँकै बसका सहयोगी प्रकाश वलीले ट्रक चालकलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।
कुटपिटमा सम्लग्न सबै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।