नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौंबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन।
सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना आज बिहान ३ बजे भएको हो।