पछिलो समय देशमा महिला तथा बालबालिकामाथि हुने विभेदको घटना बढेसँगै महानगरीय प्रहरी प्रभाग बलम्बुले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई सार्थक पार्ने उद्धेश्यले सचेतना र्याली आयोजना गरेको छ।
सामुदायिक प्रहरी साझेदारी बलम्बु वडा समिति १२ ले महिला हिंसा अन्त्य गरौं, नारीबिना चल्दैन सृष्टि किन लाउँछौ तै पनि कुदृष्टि, ‘महिला हिंसा अन्त्यको लागि प्रण आफैंबाट आजैबाट, हामी सबैको एउटै सार,बलात्कारीलाई खबरदार भन्ने नारा रहेको प्लेकार्डसहितको र्याली निकालेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले सामुदायिक प्रहरी साझेदारी अभियानले अपराध नियन्त्रणमा टेवा पुग्नुको साथै जनस्तरसम्म प्रहरी समुदाय साझेदारी कार्यक्रम चन्द्रगिरीमा प्रभावकारी बन्दै गइरहेको बताए।
‘सामुदायिक प्रहरी साझेदारी बलम्बु वडा समिति १२ संयोजक प्रकाश क्षेष्ठले समाजमा विद्यमान समस्या समाधान गर्दे, अपराध मुक्त समाज निर्माणमा सबैको दायित्ववहन गर्न सबै एक जुट भएर लाग्नुपर्ने बताए।
महानगरी प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले अपराध र अपराधीको मनोबल घटाउन समाजका हरेक वर्ग समुदायमा अपराधविरूद्ध शून्य सहनशीलता हुनुपर्ने बताए।